काठमाडौं, पुस ४ । काठमाडौं उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीपख सामान्य बदली भए पनि बुधबार देशभरको मौसम सफा रहने भएको हो ।
‘बिहान देखिएको सामान्य बदली हट्ने क्रममा रहेको छ ।’ मौसमविद शमिर श्रेष्ठले भने, ‘दिउँसो मौसम सफा रहनुका साथै घाम लाग्ने भएकोले न्यानो महसुस हुनेछ ।’
उनका अनुसार बुधबार बिहान काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।
मंगलबार न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम १६।२ डिग्री मापन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्