काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दल सिन्धुपाल्चोकमा प्रमोद लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा राज गुरुङ, निरञ्जन खड्का, सचिव निरज नेपाल, सहसचिव रामशण भण्डारी र कोषाध्यक्षमा राजकुमार भण्डारी, सदस्यहरूमा युनिक तामाङ, भगवती कार्की, कविता गुरुङ, प्रेमलाल तामाङ, विकास श्रेष्ठ, श्याम तामाङ, बुदन तामाङ, राजुकृष्ण श्रेष्ठ, केदाबहादुर तामाङ, राजकुमार कार्की, कुमार घिमिरे, पेम्बा लामा, गौरव श्रेष्ठ, रवीन्द्र दर्नार, वाङछेदेङ तामाङलगाएत रहेका छन् ।
नेकपामा प्रवेश गरेको पाँच महिनामै फेरि नेपाली कांग्रेसमा फर्किएको दोर्जे लामाको अध्यक्षतामा गठित तरुण दललाई अवैध घोषणा गर्दै गत मंसिर २६ गते पार्टीका सक्रिय सदस्य एवं क्षेत्रिय प्रतिनिधि प्रमोद लामाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
नेपाल पत्रकार महासंघको सभाहलमा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता एवं क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत, तरुण दलका रामेश्वर आचार्य, नेपाल विद्याार्थी संघका केन्द्रीय सदस्य सतिश श्रेष्ठलगाएतका नेता तथा कार्यकर्ताको उपस्थितिमा तरुण दल जिल्ला कार्यसमितिको घोषणा गरिएको हो ।
यसअघि तरुण दल सिन्धुपाल्चोकको अध्यक्ष रहेका दोर्जे लामालाई २०७४ भदौ ५ गते साधरण सदस्यसमेत नरहने गरी केन्द्रीय कार्यलयको पत्र र सोही मितीमा नेपाली कांगे्रस जिल्ला कार्यसमितिले निष्कासन गरेको पत्रको प्रतिलिपिका साथ पत्रकार सम्मेलनमा वितरण भएको थियो ।
नयाँ कार्यसमितिका अध्यक्ष प्रमोद लामाले दोर्जे लामा तत्कालीन एमालेमा प्रवेश गरेको, तरुण दलमा नरहेको र सिन्धुपाल्चोकका तरुणहरू नेतृत्वविहीन अवस्थामा रहेकाले आफूहरू तरुण दल गठन गर्न बाध्य भएको बताए ।
नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दल सिन्धुपाल्चोकमा विवाद पनि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्