काठमाडौं, पुस ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको निधनले आफूलाई मर्माहत तुल्याएको बताइका छन्।
आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले गिरीको निधनबाट आफूले प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको उल्लेख गरेका छन्।
ुउहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छु, विज्ञप्तिमा भनिएको छ।
नेता गिरीको ९३ वर्षको उमेरमा मंगलबार बिहान आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको थियो। उनी कलेजोको क्यान्सरबाट पीडित थिए।
प्रतिक्रिया दिनुहोस्