पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं , पुस ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्तगरेका छन् ।
पूर्वप्रम गिरीको मंगलबार बिहान उहाँकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्