काठमाडौं, पुस ३ । शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आफ्ना माग सरकारले पूरा नगरे १७ पुसबाट पुनः अनशनमा बस्ने चेतावनी दिएका छन् ।
सरकारलाई माग पूरा गर्नका लागि पटकपटक समय दिँदा सरकारले बेवास्ता गरेको भन्दै १६औं पटक अनशन बस्ने बताएका हुन् ।
डा. केसीले सरकारलाई २ पुससम्मको अल्टिमेटम दिएका थिए । तर, संसद्को शिक्षा तथा उपसमिति सभापति जयपुरी घर्तीले केही समय दिन आग्रह गरेपछि डा. केसीले १७ पुससम्मको समयसीमा दिएका छन् ।
केसीले विज्ञप्ति जारी गर्दै पुनः अनशनको घोषणा गरेका हुन् । उनले विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने, सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसद्बाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरिनुपर्ने माग गरेका छन् ।
यस्तै, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाइनुपर्ने सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने डा. केसीको माग छ ।
प्रतिक्रिया दिनुहोस्