दैलेखमा कोदालो प्रहार गरी छोराले गरे आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते Jagaran News Published On : 17 December, 2018 11:57 am काठमाडौं, पुस २ । दैलेखको नारायण नगरपालिका–६ मा पालाराम नेपालीले सोमबार कोदालो प्रहार गरी आफ्नै आमा पार्वती नेपालीको हत्या गरेका छन् । घरायसी झगडाकाक्रममा आवेशमा आएका पालारामले कोदालो प्रहार गर्दा टाउकोमा चोट लागेर ४५ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । झगडा छुट्याउन गएका छिमेकी मन्दरी नेपाली र कौसिला नेपाली पनि गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । पालारामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्