काठमाडौं, पुस २ । धादिङ नीलकण्ठ नगरपालिका ११ ज्यामरुङका शंकर धमलाले चीनको स्वशासित क्षेत्र हङकङमा (स्वर्ण पदक) जित्न सफल भएका छन् ।
हङकङ मुई थाई च्याम्पियन सिप बक्सिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै धादिङ ज्यामरूङका नेपाली खेलाडी शंकर धमलाले गोल्ड मेडल (स्वर्ण पदक) जितेका हुन् ।
६७ के जी समूहमा प्रतिद्वन्द्वी हङ्गकंगका लिन का किटलाई ३ नै सेटमा हराउँदै स्वर्ण पदक जित्न सफल भएका धमला वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत छन् ।
वैदेशिक रोजगारमा रहेरका उनी आराम गर्ने समयमा निरन्तर खेलमा प्राक्टिस गर्ने गर्दथे धमलाले स्वर्ण पदक जिते सँगै मकाउमा रहेका नेपालीहरुले खुसीयाली मनाएका छन् । प्रवासमा रहदा पनि धमलाले खेललाई आत्मसात् गर्दै कडा मेहनत र परिश्रम गरी आज स्वर्णि पदक जित्न सफल भएको हो ।
स्वर्ण पदक विजय हासिल गर्दा आफूलाई एकदमै गौरवन्धित भएकोे उनले बताउदै यो जित सँगै खेलजीवनले झनै उर्जा थपिएको धमलाले बताए ।
“नेपाली झन्डा फहराउँदै मेडल लगाउँदा आफूलाई अझै साहस बढेको छ, उनले भने” अझ मेनत गर्ने हौसला जागृत भएको बताउँदै स्वर्ण पदक सिवजेता शंकर धमला गृह जिल्ला धादिङ, नेपाल र हंङ्कङमा रहेर आफ्नो खेलको सफलतामा चासो राखी यो सफलता हात पारेकोमा धन्यावादको पात्र बनेका छन् ।
उनी खेलाडीका साथै नेपली कांग्रेका कार्यकर्ता समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्