काठमाडौँ, पुस १ । संवैधानिक परिषद्बाट भावी प्रधानन्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आइबारबाट सुरु हुँदैछ ।
राणाको सुनुवाइका लागि समितिको बैठक आज ११ बजेका लागि बोलाइएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार आजको बैठकले राणाबारे १० दिन उजुरीका लागि समय छुटट्याइनेछ । त्यस समयमा परेका उजुरीबारे प्रस्तावित व्यक्तिले जवाफ दिएपछि स्वीकृत वा अस्वीकत के गर्ने भनेर समितिले निर्णय गर्नेछ ।
समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।
गत बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गरेको थियो ।
त्यसअघि न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण यहि पुस १७ गतेबाट अवकाश पाउँदैछन् । सामान्यतया प्रधानन्यायाधीशले अवकास पाउनुभन्दा एक महिनाअघि विदा बस्ने र सरकारले भावी प्रधानन्यायाधीश नियुक्ति प्रकृया थाल्नुपर्ने भएपनि यसपटक ढिलाई भएको छ ।
प्रतिक्रिया दिनुहोस्