ओलीले भनेको पुस आयो , पानीजहाज आएनः जलमार्ग सञ्चालन गरिने नदिको स्थलगत अध्ययनसमेत भएन

काठमाडौँ, पुस १ । चालू आर्थिक वर्षके बजेटमा कर्णाली , गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएका थिए ।
बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले १५ असारमा संसद्मा भनेका थिए, ‘पानीजहाजको कुरा गर्दा बाल्टिनमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ। दुई वर्षअघि म प्रधानमन्त्री हुँदा नै बोलेको हुँ। सन् २०१८ सम्म भ्याइएन भने ठिकै छ, सन् २०१९ को पुस् १६ लाग्ला। तर, स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरुलाई।’
तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदिको स्थलगत अध्ययनसमेत छैन ।
नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’(आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्