काठमाडौंको आजको तापक्रम यो वर्षकै कम, तीन डिग्री सेल्सियसमा र्झयो

काठमाडौं , मंसिर २९ । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । गएको बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षासमेत भएको थियो । यो प्रणाली कमजोर भैसकेकाले शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका हुन् ।
मौसम खुला भएपछि न्यूनतम तापक्रम भने घटेर चिसो बढ्नेछ । शनिबार बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार ३ दशमलव २ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शनिबार अझै घटेको हो । दिउँसो उपत्यकाको तापक्रम १९ देखि २१ डिग्रीसम्म पुग्ने मौसमविद् मन्जु बासीको अनुमान छ । दिउँसो देशभरीकै मौसम सफा भए पनि राति भने पूर्वको मौसम आशिंक बदली हुने संभावना रहेको उनले बताए ।\
मौसमविद् बासीका अनुसार बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आइतबार र सोमबार पूर्व र मध्य क्षेत्रको मौसम बदली हुनेछ । सामान्यतया राति बादल लागे बिहान न्यूनतम तापक्रम बढ्छ र खुल्ला भए बिहान न्यूनतम तापक्रम बढ्छ । मौसम खुला हुँदा जमिन चिसिने भएकाले बिहानको तापक्रम घट्ने मौसमविद्को भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्