काठमाडौं, मंसिर २९ । भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वा्चित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् ।
२०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको संगोलमा घर छ । उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् ।
संसद सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठादिने गरेको छ । ‘ज्याँठामा मेरो संगोलमा घर छ । रक्षामन्त्री हुँदा सुरक्षाकर्मी राख्ने ठाउँ नभएपछि क्षेत्रपाटीस्थित सासुको घरमा बसें । सासूलाई अन्यन्त्र सार्नुपर्ने भएपछि मन्त्री हुँदादेखि भाडा लिइरहेको छु’, उनले भने, ‘मैले सरकारबाट लिएको भाडा सासूलाई तिर्ने गरेको छु ।’
घरभाडा लिने सांसदको सूचीको २३५ नम्बरमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको नाम छ । संविधानसभा अध्यक्ष र रुपान्तरित संसदको सभामुख हुँदा उनी बालुवाटारस्थित सरकारी निवासमा बसे । वालुवाटारस्थित रसियन दुतावासपछाडी घर भाडामा लिएर बसेका उनले केही समयपछि त्यही घर किने । अहिले पनि त्यहीं बस्छन् ।
राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो पनि घरभाडा लिने सांसदमा पर्छन् । राजपाकै लक्ष्मणलाल कर्ण साथै संघीय समाजवादी फोरमकी नेतृ सरिता गिरी पनि घरभाडा लिने सूचीमा छिन् । उनको विशालनगरमा घर छ ।
कांग्रेसका समानुपातिक सांसद उमेश श्रेष्ठको नाम भाडा लिने सूचीमा छ । कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्