काठमाडौं, २८ मंसिर । दाङमा छुटाछुटै आगलागीमा परि ३ जनाको मृत्यु भएको छ भने करोडौं मूल्य बराबरको समान जलेर नस्ट भएको छ ।
जिल्लाको बंगलाचुली गाउँपालिका(८ गुराँसेमा बिहीबार राती ८ बजेतिर आगलागी हुँदा एकै घरका ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवराज पुनका पुनका ७ वर्षीय छोरा कृष्णकुमार पुन, ५ वर्षीया छोरी अस्मिता पुन र दुई वर्षीया छोरी अञ्जु पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
खरले छाएको घरमा सोलारको ब्याट्रि पड्किएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट घरमा रहेका ७ ओटा गाई र ४ वटा बाख्रा समेत जलेर मरेको जानाएको छ ।
त्यस्तै दाङ तुलसीपुरको एक जुत्ता पसलमा भीषण आगलागी भएको छ । शुक्रबार बिहान तुलसीपुर(५ वीरेन्द्र चोकनजिकै रतननाथ टोलमा रहेको भीम प्रकाश घिमिरेको आफ्नै घरमा रहेको अन्नपूर्ण ट्रेडर्समा आगलागी हुँदा करोडौँ मूल्य बराबरको सामान जलेर नस्ट भएको छ। बिहान सवा ६ बजेदेखि आगलागी सुरू भएको स्थानीयले जानकारी दिए ।
आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । तीन तलाको घर र घरभित्र रहेका सम्पूर्ण समाना पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएको समयमै थाहा पाए पार्इ घरमा भएका सबैजना बाहिर निस्किएकाले मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्