संवैधानिक परिषद बैठक : अन्ततः प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस

काठमाडौं , मंसिर २७ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस गरेको छ ।
परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस्