नेपाल विद्युतीय व्यवसायी महासंघको पुस ६ देखि प्रदर्शनी

काठमाडौं, मंसिर २६ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा पुस ६ देखि १० गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्रा्ष्ट्रियस्तरको प्रदर्शनी एवं गोष्ठी मेला हुने भएको छ ।
‘आर्थिक समृद्धिको संवाहक–ऊर्जा’ नारासहित हुन लागेको प्रदर्शनीले ऊर्जा तथा विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अत्यधिक टेवा र्पुयाउने उद्देश्य राखिएको आयोजकले जनाएका छन।
प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रवर्द्धन द्र्धन गर्ने आयोजकले जनाएका छन् ।
यी उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्तालाई यससम्बन्धी जानकारी अद्यावधिक गराउने आयोजकको दाबी छ ।
निक इलेक्ट्रोटेक २०१८ मा हलभित्र ५१ वटा ब्लक र हल बाहिर २६ वटा स्टल गरी जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरू रहनेछन् । जसमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीहरूका उत्पादन, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउसवायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण रहनेछ ।
त्यस्तै, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिने जनाइएको छ ।
प्रदर्शनीमा अधिकांश सहभागी संस्थाले उपभोक्तासँग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनबारे जानकारी दिने आयोजकको भनाइ छ ।
त्यस्तै, अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ । उक्त ‘निक इलेक्ट्रोटेक प्रदर्शनी २०१८’ मेलाको नवौँ संस्करण हो ।
प्रतिक्रिया दिनुहोस्