फ्रान्समा अन्धाधुन्ध गोली प्रहार : तीन जनाको मृत्यु, १२ घाइते Jagaran News Published On : 12 December, 2018 3:08 am काठमाडौं, मंसिर २६। फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा भएको घटनामा अन्य १२ जना घाइते भएका छन् । गोली प्रहार गरेपछि भाग्दै गरेको बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको जवाफी कारबाहीमा उनी पनि घाइते भएको बताइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनालाई आतंकवादीको संज्ञा दिँदै अधिकारीहरुले अनुसन्धान थालेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्