काठमाडौं, मंसिर २५ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तका हत्यारा लाई सरकारले नै संरक्षण गर्न खोजेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टको नेविसंघ कैलालीले पुत्ला दहन गरेको छ ।
पन्तका हत्यारालाई सरकारले संरक्षण गरेका कारण हत्यारा सार्वजनिक गर्न समय लागिरहेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले मुख्यमन्त्री कार्यालय अगाडी मुख्यमन्त्रीको पुत्लाजलाएको हो ।
निर्मलाको बलात्कार पछि हत्या भएको ४ महिना भन्दा बढी समय वितेपछि सरकार हत्यारा सार्वजनिक गर्न असफल भएको नेविसंघ कैलालीका अध्यक्ष भेष बहादुर बमले आरोप लगाए ।
उनले सरकारले अनुसन्धानका नाममा सोझा साझा जनतालाई दुख दिईरहेको बताए । वास्तविक हत्यारा लाई सार्वजनिक गनुको साटो सरकार फेरि नक्कली आरोपी खडा लागी परेको भन्दै उनले गृहमन्त्री राम बहादुर थापाको राजीनामाको माग समेत गरेका छन् ।
नेपाल कांग्रेसका नेता राज बहादुर एैरले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्मला पन्तको घटना लाई गम्भिर रुपमा नलिएका कारण उनको पुत्ला जलाईएको बताए । उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले घटना लाई सार्वजनिक गर्न नसके राजीनामा दिनु पर्ने माग राखेका छन् ।
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य तपेन्द्र भुषालले निर्मला पन्तको घटना राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नै चर्चित हुदाँ पनि सरकार त्यसलाई काग्रेस करण भएको आरोप लगाउँदै पन्छिरहेको बताए ।
उनले दुई तिहाई दम्बमा सरकारले अधिनायक बाद शैलि अपनाएर जनतामाथी अन्याय गरिरहेको आरोप लगाए । सरकारको रवैयाका कारण निर्मला जस्त थुप्रै नेपाली चेलीहरु दिनहु हिंसामा परिरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्