कठमाडौं, २५ मंसिर । भारतको पाँच वटा राज्यमा भएको प्रदेश सभा चुनावको मतगणना जारी छ । राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलनंगना र मिजोरममा भएको प्रदेश सभा चुनावको मतगणना जारी रहंदा सत्तारुढ दल भारतीय जनता पाटीलाई भारतीय राष्ट्रिय काँग्रेसले झड्का दिएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी विपक्षी भारतीय राष्ट्रिय काँग्रेसभन्दा पछि परेको छ । राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा काँग्रेसले अग्रता लिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय दलले लिड गरेका छन् । यो सत्तारुढ दल नरेन्द्र मोदीलाई ठूलो झड्का हो ।
राजस्थानमा १९९ सिटका लागि चुनाव भएको छ । अहिलेसम्मको मतगणनामा काँग्रेसउम्मेद्वारले ९१ स्थानमा अग्रता लिइरहेका छन् भने भाजपाको ६७ स्थानमा अग्रता छ ।
त्यस्तै २३१ सदस्यीय प्रदेश सभा रहेको मध्यप्रदेशमा २०१३ को चुनाव भाजपाले जितेको थियो। १६६ सिट जितेको भाजपाले स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाएको थियो।
यसपालिको प्रारम्भिक परिणाममा भाजपा मध्यप्रदेशमा पनि कंग्रेसभन्दा पछि परेको छ । कंग्रेस उम्मेद्वार ९१ स्थानमा अगाडि छन् भने भाजपाले ८६ स्थानमा अग्रता लिएको छ।
छत्तिसगढमा पनि कंग्रेस नै अगाडि छ। काँग्रेस उम्मेद्वार ४६ स्थानमा अगाडि छन् भने भाजपाले २४ स्थानमा अग्रता लिएको छ। छत्तिसगढको प्रदेश सभा ९० सदस्यीय छ। सन् २०१३ को चुनावमा भाजपाले ४९ र कंग्रेसले ३९ सिटमा जितेका थिए।
तेलंगनामा ११९ सिटका लागि चुनाव भएको छ। बहुमत ल्याउन ६० सिट जित्नुपर्छ। २०१४ को चुनावमा क्षेत्रीय दल तेलंगना राष्ट्र समितिले ६३ सिट जितेर बहुमत ल्याएको थियो भने २१ सिट जितेर कांग्रेस दोस्रो भएको थियो। यसपालि पनि क्षेत्रीय दलले नै अग्रता लिएको छ। उसले ७६ स्थानमा अग्रता लिएको छ भने कंग्रेसले १८ स्थानमा अग्रता लिएको छ। भाजपा १ स्थानमा अगाडि छ।
उत्तरपूर्वी राज्य मिजोरममा यसअघि कंग्रेसले सरकार बनाएको थियो । ४० मध्ये उसले २९ सिट जितेको थियो।
यसपालिको जारी मतगणनामा क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले अग्रता लिएको छ भने कंग्रेस दोस्रोमा छ । फ्रन्टका उम्मेद्वार २६ स्थानमा अगाडि छन् भने कंग्रेसले ८ स्थानमा अग्रता लिएको छ ।
भारतको सत्तारुढ दल भाजपा मंगलबार भारतका तीन ठूला प्रदेशहरुमा भएको निर्वाचनमा पछाडि परेको छ । त्यी राज्यमा यसअघि भाजपाकै सरकार थिए ।
यस निर्वाचनलाई अर्को वर्ष मे महिनामा हुने आम निर्वाचनमा केन्द्रको मोदी सरकारको तागत र उनले पछिल्लो समय ल्याएका नीतिहरुको परिक्षणको रुपमा पनि हेरिएको थियो ।
ठूलो जनसंख्या भएका राज्यहरु मध्य प्रदेश, राजस्थान र छत्तिसगढबाट सत्ता गुमाउनु पर्ने भएपछि नरेन्द्र मोदीलाई अर्को वर्षको आम निर्वाचनमा असर पर्ने देखिन्छ । विश्लेषकहरुले भाजपाको ठूलो हारले उप्रति ग्रामिण क्षेत्रमा असन्तुष्टि रहेको संकेत गरेको बताएका छन् । यसका साथै विपक्षीहरुले भाजपाविरुद्ध केही प्रदेशहरुमा बनाएको गठबन्धनले पनि उसको हारको लागि काम गरेको बताइन्छ ।
बाँकी दुई राज्यका राज्यसभा निर्वाचनमा भने क्षेत्रीय पार्टीले काँग्रेसर भाजपा दुवैलाई पछि पारेका छन् ।
पहिले आफूले गरेको बाचा अनुरुप युवाहरुको रोजगारी वृद्धि गर्न नसकेको र किसानहरुको अवस्थामा सुधार गर्न नसकेको भनेर आलोचना भए पनि अझै मोदी भारतीयहरुमाझ अन्य नेताको तुलनामा निक्कै लोकप्रिय छन् ।
यो निर्वाचन प्रमुख विपक्षी पार्टी कंग्रेसका अध्यक्ष राहुल गान्धीको पनि परिक्षाको रुपमा हेरिएको थियो । उनले केही अघि देखिनै मोदीविरुद्ध क्षेत्रीय दलहरुसँग एक वृहद गठबन्धन निर्माण गर्ने प्रयास गरिरहेका छन् ।
भारतीय टिभी च्यानल एनडीटीभीका अनुसार पश्चिम राज्य राजस्थानको १९९ सदस्यीय राज्यसभामा कंग्रेस १०१ सीटमा अगाडि हुँदा भाजपा ८० सीटमा मात्र अगाडि रहेको छ ।
केन्द्रीय राज्य छत्तिसगढमा कंग्रेस ९० सीटमध्य ५३ सीटमा अघि रहेको छ । भाजपा भने २६ सीटमा मात्र अघि रहेको छ ।
पछिल्लो समय प्रदेश निर्वाचन भएका पाँच प्रदेशमध्य सबैभन्दा ठूलो जनसंख्या भएको मध्यप्रदेशको २३० सीटमध्य १११ मा काँग्रेस अग्रस्थानमा रहेको छ भने भाजपा ९५ सीटमा मात्रै अघि रहेको छ । हाल राज्यसभा निर्वाचन परिणाममा भाजपाले काँग्रेसलाई पछ्याइरहेको भएपनि यी तीन वटै राज्यमा सन् २०१४ को आम निर्वाचनमा उसले अभूतपूर्व रुपमा लगभग सबै संसदीय सीट जितेको थियो ।
निर्वाचन विश्लेषकहरुले मतपरिणाम गन्ती प्रारम्भिक अवस्थामा रहेकाले दशौँ लाख मतदाता भएका राज्यको अन्तिम मतपरिणाम अहिलेनै अनुमान गर्नु चाँडो हुने बताएका छन् ।
विगतका अनुभवले भारतका प्रदेशमा हुने निर्वाचनहरुमा स्थानीय मुद्धाहरु बढी हावि हुने गरेको देखिन्छ । तर पनि केही राजनीतिज्ञले यो निर्वाचनलाई केही महिनापछि मात्रै हुन गइरहेको आम निर्वाचनको सुचकका रुपमा हेरेका छन् ।
“भाजपाको शासन रहेका यी तीन ठूला राज्यहरुमा ठूलो कृषि जनसंख्या रहेकाले, भाजपाको अहिलेको न्यून मत परिणामलाई किसानहरु वर्तमान सरकारप्रति साँच्चै नै असन्तुष्ट रहेको देखिन्छ ,” नोमुराले एक अनुसन्धान पत्रमा भनेका छन् ,“आफ्नै गृह प्रदेशमा भाजपाको यस हारले विपक्षीहरुलाई आगामी आम निर्वाचन एक ठाँउमा ल्याउन र गैर–भाजपा गठबन्धन बनाउन प्रेरित गर्नेछ ।”
यस्तो गठबन्धनको लागि प्रयास गरिरहेका राहुल गान्धी भारतको चर्चित राजनीतिक वंश नेहरु–गान्धी परिवारका चौथो पुस्ताका नेता हुन् । उनले आम निर्वाचनलाई मध्य नजर राखेर केही समयदेखिनै क्षेत्रीय दलहरुसहितको एक वृहद गठबन्धन बनाउन प्रयास गरिरहेका छन् । गठबन्धनका लाग आह््वान गरिएका केही अत्यन्त अनुभवी, तीक्ष भाषणकला भएका र महत्वकांक्षी नेताहरु छन् । एजेन्सी ।
प्रतिक्रिया दिनुहोस्