काठमाडौं, मंसिर २५ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ ।
संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।
यसअघि शनिबारलाई बोलाइएको परिषद बैठक स्थगित भएको थियो । प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीमध्ये एकलाई परिषदले सिफारिस गर्नुपर्ने छ ।
जोशीलाई संवैधानिक परिषदले सिफारिस गरेपनि संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थिएन ।
प्रतिक्रिया दिनुहोस्