कठमाडौ, मंसिर २५ । च्याम्पियन्स लिगमा मंगलबार राति आठ खेल हुने भएका छन् । खेल इंग्लिस क्लब टोटनह्याम बार्सिलोनाको मैदानमा हुने छ ।
समूह बीबाट बार्सिलोना नकआउट चरणमा पुगिसकेको छ । तर टोटनह्यामको संघर्ष भने जारी छ । खेलको पाँच खेलमा उसले दुई जित, दुई हार र एक बराबरीको नतिजा निकालेको छ ।
यस्तै नतिजा इटालियन क्लब इन्टर मिलानको पनि छ । यी दुईमध्ये एक टोली नकआउट चरणमा पुग्नेछ ।
आफ्नै मैदानमा मिलानले अन्तिम खेलमा सहज प्रतिद्वन्द्वीका रुपमा डच क्लब पीएसभीसँग खेल्नेछ । समूह सीमा सबै टिमले पाँच–पाँच खेल खेल्दा नकआउट चरणमा पुग्न टिमको टुंगो लाग्न सकेको छैन । इटालियन क्लब नेपोली नौ अंक सहित शीर्ष स्थानमा छ ।
नेपोली मंगलबार लिभरपुलको मैदान एन्फिल्डमा खेल्दैछ । नकआउट चरणमा पुग्नका लागि लिभरपुललाई जित अनिवार्य छ भने नेपोलीलाई बराबरी पर्याप्त हुनेछ ।
यसै समूहमा फ्रेन्च क्लब पीएसजी बेल्जियमको रेड स्टार बेल्ग्रेडसँग खेल्नेछ ।
पीएसजीलाई पनि जित आवस्यक हुनेछ । तर नेपोलीले लिभरपुललाई हराएमा हारले पनि पीएसजी नकआउट चरणमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्