काठमाडौं, २४ मंसिर । सवृद्ध नेपाल र सुखि नेपाली भन्ने नारा देशै भरि घन्किरहेको छ । राजधानी लगायत देशको सबै शहरलाई स्मार्ट सिटी बनाउन सरकारले घोषणा गरेको छ । तर, नागर्जुन नगरपालिका वडा नं.३ जुन विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूनाथको मन्दिरबाट ठिक १ किलोमिटर मात्र टाढाको दुरीमा पर्दछ । त्यस स्थानमा डुङ्गडुङ्गती गनाउने फोहोरले गर्दा दुर्गन्धित बनाएको छ र मानिसहरुलाई आवत-जावतमा निकै समस्या परेको छ ।
हलचोक मा.वि. र स्थानीय बासिन्दाको फोहोर संकलन गर्ने सेफ्टि ट्यांकीबाट बगेको ढल र जथाभावी फालेका फोहोरले गर्दा उक्त उकालो–ओरालो गर्ने सिडीको बाटो दुर्गन्धित बनाएको हो ।
यसमा न त नगरपालिकाको ध्यान गएको छ न सम्बन्धित निकायको नै ? यो दायित्वबाट सबै पन्छि रहेकाछन् । एकले अर्कालाई दोषारोपण मात्रै गर्दै आएका छन् । तर, यो समस्याको समाधान नहुँदा दैनिक आवत -जावत गर्ने मानिस डुङ्गडुङ्गती गनाउने बोटो हिड्न बाध्य भएका छन् । झनै वृद्धा तथा असक्त मानिस त फोहोरमा चिप्लिएर लड्ने खतरा भएकाले ज्यानै जोखिममा राखेर हिड्नु पर्ने अवस्था छ ।
नगरपालिकाको वडा कार्यालयमा दैनिक धैरै सेवाग्राही कामको सिलससिलामा आउने गर्दछन् । आवत–जावत गर्न निकै समस्यमा परेको भन्दै स्थानीयले वडा कार्यालय तथा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायको ध्यान नगएको उनीहरुको गुनासो छ ।
स्थानीयले नगरपालिकालाई फोहोर व्यवस्थापनको लागि पहल गरिदिन वारम्बर भन्दा पनि केहि कारवाही नगरेको र कर मात्र किन उठाउन बसेको भन्दै प्रश्न गरेका छन् । वडा कार्यालय जस्तो संवेदनशिसल ठाउँमा हल्चोक मा.वि. र अन्य घरको ट्वाइलेटको सेप्टीटेङ्की लगायत अन्य ढल बगेर दुर्गन्धित हुँदा सम्बन्धित निकाय र जिम्मेवार निकाय मुकदर्शक भएको स्थानीयको आरोप छ ।
फोहोर व्यवस्थित तथा ढललाई सेप्टीट्याङ्की बाटै अन्य स्थानमा व्यवस्थित गर्न वा समाधानको विकल्प निकाल्न माग गर्दै फोहोर गर्ने सम्बन्धित निकायलाई कडा कारवाही गर्न वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अन्तिम चेतावनी दिएका छन् ।
काठमाडौंको नगरपालिका जस्तो स्थानमा यस्तो अवस्था छ भने अन्य स्थानको हालत कस्तो होला ? यस्तै हुने हो भने कसरी होला सवृद्ध नेपाल र सुखि नेपाली ? जनताले पत्याउनै गाह्रो भो ।
प्रतिक्रिया दिनुहोस्