प्रधानमन्त्री -मुख्यमन्त्री बैठक आज पनि जारी, तीन मुख्यमन्त्रीले धारणा राख्ने

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री मुख्यमन्त्री बैठक आज पनि जारी रहेको छ ।  प्रधानमन्त्री र मुख्यमन्त्रीहरू सम्मिलित हुने अन्तरप्रदेश परिषदको बैठक आज पनि जारी रहने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आजको बैठक सुरू भएको छ ।
बैठकमा संघ र प्रदेशबीच देखिएका विवाद र समस्याको समाधानबारे छलफल हुनेछ ।
संघ र प्रदेशमा सरकार बनेको ९ महिनापछि पहिलो पटक आइतबार परिषद्को बैठक बसेको थियो ।
आइतबारको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सूब्बा गुरुङले आफ्ना धारणा राखेका थिए। बाँकी तीन प्रदेशका मुख्यमन्त्रीहरूले आज धारणा राख्ने भएका छन्।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रूपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्