चार राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन

काठमाडौं, २३ मंसिर । सरकारले चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।

राजदूतमा अनुमोदन हुनेमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि डा.अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् । उनीहरुको नाम समिति बैठकबाट सर्वसम्मत अनुमोदन भएको हो ।

संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरुलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
शिफारिस मध्ये डा. शाक्यको नाम निकै विवादमा परेको थियो ,

प्रतिक्रिया दिनुहोस्