संक्रमणको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : अख्तियार प्रमुख घिमिरे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् ।
प्रमुख आयुक्त घिमिरेले संक्रमणको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नदिइने पनि स्पष्ट पारे । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार हुन नदिन सरकार, नागरिक समाज र सञ्चार माध्याम सबैको एकीकृत प्रयासको जरुरी रहेको पनि बताए ।
प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार नियन्यणका लागि आयोगले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रमुख आयुक्त घिमिरेले प्रदेश र स्थानीय तहलाई पनि भ्रष्टाचार हुन नदिन विशेष निगरानी राख्न सचेत गराए । उनले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी समेत दिए ।
प्रतिक्रिया दिनुहोस्