४ देशका लागि सिफारिस भएका राजदुतको संसदीय सुनुवाई आज हुने

काठमाडौं,मंसिर २३ । सरकारले ४ देशका लागि सिफारिस गरेको राजदुतको संसदीय सुनुवाई आज हुने भएको छ ।
संसदीय सनुवाई समितिको बैठक बिहान ११ बजे बोलाइएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
सरकारद्वारा भारतका लागि राजदुत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदुत सिफारिस गरिएका अञ्जान शाक्यसँग परेका उजुरीका आधारमा सुनुवाई हुनेछ ।
संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका राजदुतको आज सुनुवाई गर्न लागेको हो ।
प्रस्तावित राजदुत मध्ये एकजनाका विषयमा मात्रै उजुरी परेको छ ।
प्रतिक्रिया दिनुहोस्