मिस वर्ल्ड २०१८ को उपाधि मेक्सीकोको पोल्टामा

काठमाडौ, मंसिर २२ । यस वर्षको मिस वर्ल्ड २०१८ मेक्सिकोले जितेको छ । मेक्सिकोका लागि भनिसा पोन्स दि लियोनले उपाधि जितेकी हुन् ।

चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन् ।

मिस वर्ल्ड २०१७-मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन् । नेपालको यात्रामा भने मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेर टप १२ मा टुङ्गियो ।

प्रतिक्रिया दिनुहोस्