काठमाडौं, मंसिर २२ । बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन खोप लगाउन कमैले विर्सन्छन्। तर, ६० वर्ष नाघेकालाई पनि खोप आवश्यक हुन्छ भन्ने यथार्थ भने कमैले आत्मसाथ गरेका छन्।
आफ्ना बालबालिकालाई रोगमुक्त राख्न तपाईं हामीले नबिर्सिई विभिन्न खोप लगाए जस्तै घरका बुढापाकालाई पनि नियमित रुपमा खोप लगाउनु पर्छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ । खोपले सक्रामक रोगबाट शिशुहरुलाई जस्तै बुढापाकाहरुलाई समेत सुरक्षा दिन्छ। यसले बूढापाकालाई रोग लाग्नबाट जोगाउँछ।
डा.रमेश कँडेलका अनुसार रोग प्रतिरोधात्मक क्षमता उमेरसँगै कम हुँदै जाने भएकाले जेष्ठ नागरिकमा रोगले छिट्टै असर देखाउँछ। निमोनिया, फुलु, जनै खटिरा, टीडीएपी, हेपाटाइटिस बी लगायतको खोप लगाई उनीहरुको ज्यान जोगाउन सकिन्छ।
प्रतिक्रिया दिनुहोस्