काठमाडौंको कालोपुलमा गोली चल्यो, एकजना घाइते

काठमाडौं , मंसिर २१ । काठमाडौंको कालोपुलमा प्रहरीसँग मुठभेड हुँदा राजन लिम्बू घाइते भएका छन् ।
लिम्बूसँग गोली र पेस्तोल भएको सूचनाका आधारमा पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै आक्रमण गरेपछि जवाफी कारबाही गरेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले जानकारी दिए ।
घाइते लिम्बूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुनसरीकाको ईटहरी उपमहानगरपालिका ५ घर भएका लिम्बूले विभिन्न अपराधमा १३ वर्ष जेल सजाय भोगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्