न्याय माग्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन, धनगढीमा टाँसियो निर्मलाको पोस्टर

काठमाडौं, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ ।
बिहीबार धनगढीस्थित मुख्यमन्त्री कार्यालयको पर्खालमा निर्मलाको तस्वीरअंकित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्न खोजिएको थियो । तर, प्रहरीले रोक लगाएपछि सरकारविरुद्ध नाराबाजी गरिएको हो ।
काठमाडौंबाट सुरु भएको पोस्टर अभियान धनगढीमा पनि सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।

नागरिक समाज धनगढीको अगुवाइमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमीको पनि सहभागिता रहेको थियो ।
निर्मलाको पोस्टर बजारका विभिन्न ठाउमा टाँसेका छन् । उनीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयनजिकै रहेका अरु सरकारी कार्यालयका पर्खालमा पनि पोस्टर टाँसेका हुन् ।
यस्तै, सडक किनारमा रहेका बिजुलीका पोल, सवारी–साधनमासमेत सो पोस्टर टाँसिएको छ ।
प्रतिक्रिया दिनुहोस्