लेखा समितिमा सत्तापक्षबाटै पर्यटनमन्त्री अधिकारीको आलोचना Jagaran News Published On : 6 December, 2018 2:24 am काठमाडौं, मंसिर २०। संसद्को सार्वजनिक लेखा समितिमा सत्तारुढ दल नेकपाकै सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना गरेका छन् । समितिको बुधबारको बैठकमा नेकपाका सांसद प्रेम आलेले वाइडवडी खरिद बिचौलियामार्फत खरिद भएको भन्दै त्यो निन्दनीय भएको बताए । सार्वजनिक खरिद प्रक्रियाको कुनै मापदण्ड नअपनाइकन खरिद गरिएको भन्दै उनले यो लाउडा जहाज खरिदमा गरिएको घोटालाभन्दा कम नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्