प्रधानन्यायाधीश बन्न लबिङ, दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी

काठमाडौं, मंसिर २० । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ ।
प्रधानन्यायाधीश छनौटका लागि शनिवार परिषद् बैठक बस्दै छ । यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो ।
न्यायापालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका लागि वरिष्ठ न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषद् मा पठाएको छ ।
यसघघि पनि हालका प्रधानन्यायाधीश आमप्रकाश मिश्रसहित तीनै जनाको नाम पठाईएको थियो ।
प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ ।
विशेषगरी परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीशका लागि लबिङ भइरहेको छ।
परिषद् बैठकमा उनीहरूको भूमिका महत्वपूर्ण रहने भएकाले बैठकको पूर्वसन्ध्यामा निकट सूत्रमार्फत पछ्याउने काम चलिरहेको छ। ‘प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष दाहालसँग विभिन्न संयन्त्रमार्फत कुरा आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्