काठमाडौं, मंसिर १९ । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदीले लगातार छैटौ जित निकालेको छ । बुधबार भएको खेलमा मनाङले जाउलाखेलमाथि एक शून्यको संघर्षपूर्ण जित हात पार्यो ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले सुरुवाती १२ मिनेटमा गोलका तीन अवर गुमाउँदा पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । सातौं मिनेटमा बिशाल राइको फ्रि किकलाइ जावालाखेलका गोलकिपर सागर श्रेष्ठले पन्च गरेका थिए ।
त्यसै बलमा अन्जन बिस्टले गरेको सशक्त प्रहारमा सागर नै बाधक बने । लगत्तै अडेलाजा सोमिदीको प्रहारलाई पनि गोलकिपरले रोकिदिए । १२ औं मिनेटमा हेमन गुरुङको प्रहारलाई सागरले बचाएपछि मनाङ अग्रता लिन बाट चुकेको थियो ।
६० औं मिनेटमा जावालखेलका एडामा दुम्बियाल अफिज ओलावालेलाई डिबक्समा लडाएपछि मनाङले पेनाल्टीको अवसर पायो जसलाई अञ्जन बिष्टले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । जारी लिगमा अन्जनको यो पाँचौ गोल हो ।
७२ औंं मिनेटमा मनाङले अर्को गोलको अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । खेलको अन्तिममा भने जाउलाखेलले मनाङलाइ दबाबमा राखेको थियो ।
सात मिनेट थप गरिएको इन्जुरी समयमा जावाखेलले गोलका दुइ सुन्दर अवसर गुमाएको थियो । सुसिल कुमार यादवको प्रहारको उत्कृष्ट बचाउ गर्दा विशाल श्रेष्ठ घोइते हुदै मैदान बाहिरिएका थिए ।
जारी लिगमा अपराजित रहेको मनाङ ६ खेलबाट १८ अंक बनाउदै लिगको शीर्ष स्थानमा कायमै रहेको छ । जाउलाखेलको प्रतियोगिामा यो चौथो हार हो । लिगमा अहिले हिमालयन शेर्पा र च्यासल युथ क्लब तथा सरस्वती थ्रि स्टार बीच खेल भइरहेको छ
प्रतिक्रिया दिनुहोस्