निर्मला हत्याकाण्ड प्रकरणः कन्चनपुरमा दिउँसै टर्च बालेर प्रशासन कार्यालयमा धर्ना Jagaran News Published On : 5 December, 2018 9:06 am काठमाडौं, मंसिर १९ । निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै कञ्नपुरका महिला अधिकारकर्मीले टर्च बालेर सांकेतिक प्रदर्शन गरेका छन् । सोमबारदेखि धर्नासँगै प्रदर्शनमा उत्रिएको नागरिक संघर्ष समितिले आज तेस्रो दिन आज जिल्ला प्रशासनको मुख्य द्धारमा टर्च बालेर सांकेतिक विरोध जनाएका हुन । उनीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताए । यसअघि, संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्