काठमाडौँ, मंसिर १९ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सरकारले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई पनि सहभागी गराउन निर्देशन दिँदै सरकारी खर्चमै संसदीय समितिका सदस्यहरु सहभागी भएका छन् ।
९ मंसिरदेखि सुरु भएको १६ दिने अभियानअन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातवटै प्रदेशमा कार्यक्रम तय गर्यो ।
तर, संसदको महिला तथा सामाजिक समितिले १२ मंसिरमा आफुहरुलाई पनि कार्यक्रममा बोलाउन निर्देशन दियो ।
त्यसपछि मन्त्रालयले निमन्त्रण पठाएर आफ्नै खर्चमा समिति सभापति र सांसद्लाई प्रदेशस्तरमा हुने कार्यक्रममा सहभागी गराएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस्