प्रहरी कार्यालयमा आएकालाई बोली, वचन र व्यवहार नै घाउमा लगाउने पहिलो मलम हो : प्रहरी महानिरीक्षक खनाल

१८ मंसिर, काठमाडौं । प्रहरीमाथी अविश्वस बढ्दे गएको अवस्थामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यालयमा आएकालाई बोली, वचन र व्यवहारले नै घाउमा मलम लाग्ने गरीकाम गर्न प्रहरी संगठनलाई निर्देशन दिएका छन् । उनले महिला तथा बालबालिकाको क्षेत्रमा पीडितमैत्री सेवा प्रदान गर्नु अतिआवश्यक रहेकोमा पनि जोडदिए ।
लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठीको मंगलबार उद्घाटन गर्दै खनालले भने, ‘पीडित प्रहरी कार्यालयमा आइसकेपछि बोली, वचन र व्यवहारले नै घाउमा मलम लाग्ने गरी प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’
महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीले समाजसेवा गर्ने पनि अवसर पाएको चर्चा गर्दै खनालले मन, वचन, कर्मले कार्यसम्पादनको दायरामा बढोत्तरी गरी दृढ संकल्पित भइ आ–आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत स्थानीय सरकार र सरोकारवाला निकायलाई समेटेर ल्याइएको कार्यक्रमले स्थानीय स्तरको समस्या पहिचान गरी निराकरण गर्न र सुरक्षित वातावरणमा विकास निर्माणका कार्य अगाडि बढाउन सकारात्मक प्रभाव पार्दै उत्साहप्रद वातावरण सिर्जना उनको दावी छ ।
समारोहमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले प्रहरीले गरेको कार्य सम्पादनको चर्चा गर्दै काठमाडौं महानगरपालिका प्रहरीसँग समन्वय र सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको बताइन ।
प्रतिक्रिया दिनुहोस्