सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजमा भर्ना, उनी भन्छन् क्रिकेट र पढाईलाई संगै लैजान्छु ।

काठमाडौ, मंसिर १८ । युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । मंगलबार बिहान उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मानविकी संकाय अन्तर्गत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएका छन् ।

कलेजका अनुसार उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् । कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्र मार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मान स्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीको भनाइ छ ।

सन्दीपको भनाई अनुसार अव क्रिकेट र पढाईलाई संगै लैजाने र क्रिकेटबाट खाली रहेको समयमा कलेज पढ्न पनि जाने उनको भनाई छ । उनले थपे मेरो ‘पहिलो प्राथमिकता भनेको क्रिकेट नै हो, तर क्रिकेट नभएकाले बेला चाहिँ पढाईलाई समय दिने विचारमा छु । सन्दीपले म्यानेजमेन्ट विषय लिएर प्लस टु पढे पनि समयका वावजुद उनी उतीर्ण भएका थिएनन् तर कलेजमा भने उनले एउटा भारतीय कलेजबाट प्लस टु पास गरेको सर्टिफिकेट पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्