महिला सशक्तिकरणको लागि क्षमता अभिवृद्धिका साथै वस्ती वस्तीमा जागरण अभियान गर्नुपर्छ : मन्त्री थापा

काठमाडौँ, १८  मङ्सिर । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला सशक्तिकरणका साथ साथै क्षमता अभिवृद्धिका कार्यक्रहरु गरी गाउँ गाउँ र वस्ती वस्तीमा जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् ।
जागरण नेपालले आज आयोजना गरेको “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, १०औं मानवअधिकार महाभेला–२०१८, महिलाहरु विशेष गरि सिमान्तकृत समुदायको स्थानीय सुशासन, निर्वाचन, निर्णायक तह र राजनीतिमा सहभागिता सवलिकरण” विषयक “उपलब्धी, सिकाई र चुनौती” विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो कुरा बताएकी हुन् ।
१६ दिने महिला हिंसा विरुद्धको अभियानलाई सार्थक बनाउन सातै प्रदेशको जनप्रतिनिधिहरुलाई सहभागिता गराउन पहल कदमी गर्नुपर्नेमा जोडदिंदै उनले तीन वटा प्रदेशमा अभियान सम्पन्न गरिसकेको र आगामी दिनमा अन्य चारवटा प्रदेशमा समेत अभियान सफलतापूर्वक सम्पन्न गराउने प्रतिवद्धता जनाउनुभयो । कुनै पनि काममा तीनै तहको सरकारमा जनतालाई सहजता प्रदान गराउने बताउँदै मन्त्री थापाले जनाधार नै लोकतन्त्रको बलियो आधार भएको बताए ।
देशमा लामो समयदेखि गरिएको राजनैतिक आन्दोलनबाट प्राप्त उपलब्धी वा परिणामले वर्तमान संविधानमा महिलाको हकहित संरक्षित भएको दावि गरे ।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले महिलाका मुद्दालाई महिला सम्बन्धी संघ संस्थाहरुले मात्र नभई राष्ट्रिय मुद्दा बनाई सवै निकाय वा संस्थाहरुले तीनै तहका सरकारले अभियान, तालिम, गोष्ठि लगायतका कार्यक्रमहरु गर्नुपर्ने तर्क गरे । देशमा संरचनाको वृद्धिसँगै महिलाको दायित्को समेत वृद्धि भएकाले महिलाले आफ्नो जिम्मेवारीलाई पुरा गर्नु सवै लाग्नुपर्ने बताए ।
अध्यक्ष सम्झना पोखरेलले संस्थाले परियोजना संचालन भएयता हासिल गरेका उपलब्धीका विषयमा चर्चा गर्नुभयो । उनले महिलाहरुलाई अवसर दिएर मात्र नहुने भन्दै अवसरलाई सदुपयो गर्ने वातावरण समेत सिर्जना गर्नुपर्नेमा जोड दिए ।
जागरण नेपालको संस्थापक अध्यक्ष शर्मिला कार्कीले एसियाकै उत्कृष्ट संविधान नेपालको भएको भन्दै समावेशी तथा आरक्षणको पूर्ण व्यवस्था र कार्यान्वयनमा आउनु ठूलो उपलब्धी भएको बताइन । उनले महिलाको राजनीतिमा सहभागिता नै महिलाको हक अधिकारको सुनिश्चितता हुने दावि गरे ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय सरकार संचालन गर्दा आएका परिवर्तन, चुनौति तथा समस्याको बारेमा आफ्नो धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्