औषधि उपचार खर्चबापत ज्येष्ठ नागरिकलाई जनही ५ हजार रुपैयाँ प्रदान

कठमाडौं,मंसिर १८ । पाँचथरको फिदिम नगरपालिकाले ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्चबापत जनही ५ हजार रुपैयाँ प्रदान गरेको छ ।
अहिलेसम्म ९६ जनाले औषधि उपचार खर्च लिएको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले जानकारी दिए ।
नगरपालिकाले १४ वडाका ज्येष्ठ नागरिकका लागि ५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । अब नगरपालिका आउन नसक्ने ज्येष्ठ नागरिकका लागि वडा कार्यालयमै गएर रकम वितरण गर्ने तयारी नगरपालिकाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्