ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुग्यो, स्थानीय उत्साहित

कठमाडौं, मंसिर १८ । पहाडी जिल्ला ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ ।
सदरमुकाम फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदी हुँदै सडक जोडिएसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको हो ।
तमोरमा १२ वटा ह्युम पाइप राखेर सडक सञ्जाल जोडिएसँगै मिक्वाखोलाका स्थानीय उत्साहित भएका छन् ।
भौगोलिक रुपले केही विकट मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लामा यातायातको पहुँच भने अब सहज हुने भएको छ ।
बजारसम्म आवतजावत गर्न, बिरामी हुँदा अस्पताल पुग्न र उत्पादनलाई बजारसम्म र्पुयाउन सहज हुने स्थानीयको भनाइ छ ।
मिक्वाखोलाको वडा नं. १, २ र ३ सम्म सडक विस्तार भएको छ ।
तमोर नदीमा ह्युम पाइप राखिएको स्थानमा सानिमा हाइड्रोपावरले मोटरेबल पुल निर्माण गरिरहेको छ । पुल निर्माणको काम दुई महिनाभित्रै सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्