पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै

कठमाडौं, मंसिर १८ । इलाममा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।
जिल्ला अदालतमा आर्थिक वर्ष २०७४र७५ मा ४८६ वटा र २०७५र७६ को मंसिर १४ गतेसम्ममा २४५ वटा सम्बन्ध विच्छेदका निवेदन परेको निमित्त सूचना अधिकारी समीक्षा पोख्रेलले जानकारी दिइन् ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयको मुद्दा तथा ठाडो उजुरी शाखामा आर्थिक वर्ष २०७३र७४ मा १०४ वटा, २०७४र७५ मा ११० र २०७५र७६ को मंसिर १४ गते सम्ममा ६९ वटा निवेदन परेका छन् ।
सम्बन्ध विच्छेदका लागि निवेदन दिने अधिकांश महिला छन् । वैदेशिक रोजगारीका कारण पनि पति–पत्नीबीचको सम्बन्धमा अविश्वास बढ्दै गएर सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्