मंगलबारको मौसम: देशभर बदली,उच्च पहाडी क्षेत्रमा भने हिमपातको सम्भावना

काठमाडौं , मंसिर १८ ।  मंगलबार काठमाडौँ उपत्यका सहित देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर सोमबारको तुलनामा चिसो भने नबढ्ने मौमसविद शमिर श्रेष्ठले बताए ।
उनले अहिले बिहान काठमाडौँ उपत्यकामा बदली भएपनि मध्यान्नपछि घाम लाग्ने जानकारी दिए । काठमाडौँमा सोमबार बिहानको न्यूनतम तापक्रम ६।५ र अधिकतम तापक्रम २०।५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मंगलबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६।४ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबारको अधिकतम तापक्रम पनि २० देखि २१ डिग्री सेल्सियसकै बीचमा रहने भएकोले चिसो नबढ्ने मौसमविद श्रेष्ठले बताए ।
उनले देशको तराई क्षेत्रमा पनि बिहान बादलसहितको हुस्सु लागेको भएपनि मध्यान्नपछि हुस्स हटेर घाम लाग्ने बताए । उच्च पहाडी क्षेत्रमा भने मौसममा बदलीसँगै सामान्य हिमपातको सम्भावना रहेको छ ।
मंगलबारराति देशका पूर्वी भूभागका धेरै स्थानहरूमा र मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने मौसमविद श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्