नेपालबाट गहुँको तस्करी, प्रहरीले २५ बोरा बीउ यसरी बरामद ग¥यो

काठमाडौं, मंसिर १८ । नेपाली कृषकले गहुँको बीउ पाउन मुस्किल भैरहेको बेला भारततर्फ बीउ तस्करी हुने गरेको पाइएको छ ।
सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २५ बोरा गहुँको बीउ बरामद गरेको छ । बिराटनगरको रानी नाका हुँदै जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलले एनल २९७, एनल ९७१, आदित्य जातको गहुँको बीउ बरामद गरेको हो ।
४० किलोको दरले २५ बोरा गहुँको बीउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल राजश्व अनुसन्धान गुल्मका डीएसपी सुरेन्द्रराज रञ्जीतले बताए । नियन्त्रणमा लिइएको गहुँको बीउ बिराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरीले ठूलो परिमाणमा गहुँको बीउ नियन्त्रणमा लिएपछि बीउ तस्करी हुने गरेको पाइएको हो ।
भारततर्फ लैजान लागिएको गहुँको बीउ कहाँबाट लगिएको हो भन्ने खुलेको छैन । नेपालमा भन्दा भारतमा गहुँको बीउ महंगो पर्छ ।
नेपालमा २ हजार पर्ने गहुँको बीउ भारतमा ४ हजारसम्ममा बिक्री हुने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्