मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाई, मदिरा बिक्री गर्दा पहिचान खुल्ने अभिलेख राख्नु पर्ने

काठमाडौं, मंसिर १८ । गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ । मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योगमा रोक लगाएको हो ।
गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ ।
‘मदिरा उत्पादन तथा बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रतिशत पूर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुमति पाउने छैनन् ।
त्यस्तै सञ्चालनमा रहेका उद्योगको शाखा विस्तार र क्षमता अभिवृद्धिमा पनि रोक लगाइएको छ ।
मदिरा बिक्री वितरण गर्न इजाजतप्राप्त फर्म, कम्पनी वा व्यक्तिले मदिरा बिक्री वितरण गर्दा मदिरा खरिद गर्नेको पहिचान खुल्ने कागजात हेरी उसको नाम, ठेगाना र उमेरको अभिलेख राख्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्