स्पेनिस लिग फुटबल: भियारियाललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लियो

काठमाडौं , मंसिर १७ । स्पेनिस लिग फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भियारियाललाई २–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा अग्रता लिएको हो ।
आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र कार्लेस एलिनाले एक–एक गोल गरे ।
ला लिगामा गएराति सेभिया भने डेपोर्टिभो आलाभेजसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
यसैगरी रियाल बेटिसले रियाल सोसिडाडलाई १–० ले हराउँदा एथ्लेटिको मड्रिडले जिरोनासँग १–१ गोलको बराबरी खेलेको छ ।
गएरातिका खेलपछि स्पेनिस ला लिगाको अंक तालिकामा १४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।
२७ अंकका साथ सेभिया दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको एथ्लेटिको मड्रिडको २५ अंक छ ।
२४ अंकको आलाभेज चौथो स्थानमा रहँदा २३ अंकसहित रियाल मड्रिड पाँचौ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्