काठमाडौं , मंसिर १७ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक सोमबारदेखि बुधबारसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
सडक स्तरोन्नतिका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पूर्ण रुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ ।
तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा बाटो मर्मतको काम भैरहेकाले दैनिक सडक बन्द गर्नु परेको जनाइएको छ ।
एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीलाई भने रोक नलगाइएको बताइएको छ । सडकमा खसेका ढुङ्गा फुटाएर हटाउनुपर्ने, पहिरो पन्छाउने तथा सडक मर्मत गर्नुपर्ने भएको हुँदा सडक नै बन्द गर्नु परेको हो ।
प्रतिक्रिया दिनुहोस्