प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान, पुरस्कार राशी १ लाख डलर

काठमाडौं, १६ मंसिर । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सवल नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।
आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गर्नुभयो । शनिबारदेखि शु? भएको सम्मेलन आज सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्