काठमाडौँ, १६ मङ्सिर । म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर नेत्री सू कीलाई स्वदेश फकर्न क्रममा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो ।
सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सु की यही मङ्सिर १३ गते काठमाडौँ आउनुभएको थियो । शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्