एसिया प्यासिफिक सम्मेलन: काठमाडौं घोषणापत्र जारी गर्दै आज समापन हुँदै

काठमाडौं, मंसिर १६ । काठमाडौं घोषणापत्र जारी गर्दै एसिया प्यासिफिक सम्मेलन आज सम्पन्न हुँदैछ ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन् ।
काठमाडौंको होटल हायातमा जारी सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुबीच आज दुई वटा सेसनमा छलफल हुँदैछ ।
पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र प्रस्तुत् गर्दै छन् ।
यस्तै दोस्रो सेसनमा शान्ति र अन्तर्रा्ष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने कार्यतालिका छ ।
त्यसपछि घोषणापत्र जारी गर्दै सम्मेलन सकिने छ । सम्मेलनमा सहभागी हुन सात देशका प्रतिनिधि अहिले काठमाडौंमा छन् ।
यसैबीच प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई पवित्र आमा भनेर चिनिने डा. हाक जा हान मुनले आशिर्वाद दिने कार्यक्रममा छ
युनिफिकेसन चर्चकी संस्थापक डा. हानले आशिर्वाद दिने र पवित्र जल छर्कने गर्छिन ।
यस्तो आर्शिवाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य, यसको बजारीकरणका लागि महत्वपूर्ण मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्