संवैधानिक परिषद बैठक सोमबार बस्दै, नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर बन्लान् त ?

काठमाडौं, मंसिर १६ । संवैधानिक परिषद बैठक सोमबार बस्ने भएको छ । संवैधानिक परिषदका सदस्यहरुलाई मंसिर १७ गते शनिवार विहान ११ बजे बैठक बस्ने जानकारीसहित पत्राचार गरिएको प्रधानमन्त्री तथा संवैधानिक परिषदको कार्यालयले जनाएको छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ । यसैका लागि सोमवार संवैधानिक परिषद बैठक बस्ने भएको हो ।
संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषदले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो ।
मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउने भएका हुन् । यसअघि नै न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश हुन योग्यता पुगेका दुई न्यायाधीश चोलेन्द्र शमसेर जबरा र दीपकराज जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषदमा पठाइसकेको छ ।
जसमा दीपकराज जोशी यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको कैफियतसहित जानकारी दिइएको छ ।
यसअघि संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भइसकेपछि संवैधानिक परिषदले जोशीको ठाउँमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको थियो । स्रोतका अनुसार नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्