राष्ट्रपति भण्डारी पोल्याण्डमा, यस्तो छ कार्यक्रम

काठमाडौं , मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकी छन् ।
उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
उनका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि छन् । परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञलगायतका उच्च अधिकारी पनि यसैक्रममा वार्सा पुगेका छन् ।
राष्ट्रपति भण्डारीले विश्वका १९६ मुलुकका सहभागीलाई जलवायु परिवर्तनसम्बन्धी नेपालको आधिकारिक धारणा बताउने कार्यक्रम रहेको छ । कार्यक्रमकै बीच राष्ट्रपतिले पोल्याण्डका समकक्षी आन्द्रेइ सेवास्टियन दुदासँग भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।
यसअघि राष्ट्रपति भण्डारी कतारको राजधानी दोहा पुग्नुहुँदा हमाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गायत्रीबहादुर पौडेललगायतका अधिकारीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्