काठमाडौं, मंसिर १६ । नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन (ईयु)ले त्यसलाई पुनः निरन्तरता दिएको छ ।
(ईयु)को हवाई क्षेत्रसँग सम्बन्धित ६ र ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो ।
ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।
नेपालका तर्फबाट पटक—पटक प्रयास भए पनि सुचीबाट हट्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्